खानेपानी मन्त्रीको विदेश भ्रमणमा मन्त्रीपरिषदको रोक

6.4K
shares

काठमाडौं। खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमणमा मन्त्रिपरिषद बैठकले रोक लगाएको छ। खानेपानी मगरको सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम थियो। तर मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेर विदेश जान रोक लगाएको हो।

पछिल्लो समय सरकारका मन्त्री, कर्मचारी तथा पदाधिकारीको विदेश भ्रमणमा सरकारले कडाइ गरेको छ। मन्त्री मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम थियो तर उनीहरु सबैको भ्रमण मन्त्रिपरिषदको आइतबार बसेको बैठकले रद्द गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083