विष्णु पौडेललाई फसाउँने ललिता निवास

5.27K
shares
काठमाण्डौ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुले पछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल समेत विवादमा मुछिएका छन्।यो भन्दा बढि विवादमा नेकपाका महासचिव विष्णु पौडेल मुछिएका छन्। पैसा तिरेर किनेको जग्गाले पौडेलेको मात्रै होइन, सरकार र नेकपालाई समेत टाउको दुखाएको छ। जग्गा विवादबारे श्रृखलावद्ध रुपमा समाचाहरु लेखि रहेका छौँ। अहिले भने ललिता निवासको इतिहास प्रस्तुत गर्दैछौ।राजनीतिक दलका शीर्ष नेता नै वालुवाटारको सरकारी जग्गा हत्याउन संलग्न भएको भन्दै आलोचना पनि बढि रहेको छ। आखिर प्रधानमन्त्री कार्यालय हल्लाउने ललिता निवास के हो ?यति बेला बालुवाटारको प्रधानमन्त्री सरकारी निवास, नेपाल राष्ट्र बैंक, सभामुख निवास, एनआरएन भवन, भाटभटेनी सुपरमार्केट,लगायतका सरकारी तथा निजी मुख्य भवन तथा निकायहरु रहेको ललिता निवास परिसर चरम विवादको चक्रव्युहमा फसेको छ। २०२१ सालमा राजा महेन्द्रले जफत गरेको बालुवाटार स्थित ललिता निवास परिसरको जग्गाको भोगचलन सरकारी हुनु पर्नेमा व्यक्तिका नाममा आएको पाइए पछि चर्चा र बहस चुलिएको हो।राजधानीको मुटु मानिने बालुवाटारमा २ सय ९९ रोपनी जग्गामा फैलिएको ललिता निवास परिसर श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, र हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो। सुवर्ण शमशेर राणा शासनका छैटौ श्री ३ तथा १४ औं प्रधानमन्त्री भिम समशेरका नाती हुन्। नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुवर्ण शमसेरले आफ्नी आमाको नाममा ललिता निवास दरबार स्थापना गरेको इतिहास छ।प्रजातन्त्रका क्रान्तिकारी नायक २००७ सालको संयुक्त सरकारमा अर्थमन्त्री भएर नेपालको पहिलो बजेट प्रस्तुत गरेका थिए। २०१६ सालमा विश्वेश्वर प्रसाद कोईरालाको नेतृत्वको बनेको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए।तर, २०१७ साल पुष १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रीतनिधिसभा भंग गरी पञ्चायतकाल लागू गरे पछि शुवर्ण समशेर राजा महेन्द्रको तानाशाही कदम विरुद्ध प्रजातन्त्र पुःन स्थापनका लागि शषस्त्र शंघर्षको नेतृत्वदायि भूमिका निर्वाह गर्न पुगेका थिए। नेपालमा प्रजातन्त्र ल्याउनका लागि विपी कोईरालासँग मिलेर उनी क्रान्तिमा होमिएका थिए।सोही कारण निरंकुश पञ्चायती सरकारले उनको आमाको नाममा रहेको बालुवाटारको ललिता निवास दरबार जफत गर्न पुगेको थियो। विक्रम सम्बत १९६७ सालमा जन्मेका उनको प्रजातन्त्र पुनस्थापनका लागि लड्दा लड्दै २०३४ सालमा ६७ बर्षको उमेरमा कलकत्तामा निधन भएको थियो। उनी हुदै ललिता निवास भित्रको जग्गा अधिग्रहणमा पर्न गयो।अधिग्रहण गरिएकामध्ये सुवर्णशमशेर र उनका छोरा कञ्चन शमशेरको १४ रोपनी ११ आना जग्गा राजनीतिक कारण जफत गरिएको जग्गा पर्न गएको थियो भने बाँकी जग्गाको क्षतिपूर्ति दिएर अधिग्रहण गरिएको थियो। तर, सरकारले २०१७ सालपछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएको संघर्षमा संलग्न व्यक्तिहरूको जफत गरिएको भनिएको जग्गा १४ जेठ २०४७ को मन्त्रिपरिषद बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो।तर, मुआब्जा दिएर लालमोहर लगाई अधिग्रहण गरेको ललिता निवास परिसरको करिब १ सय १४ रोपनी जग्गा २०४७ देखि २०७३ सम्मको अवधिमा विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको पाइए पछि यतिखेर यो विवाद चरम उत्कर्षमा पुगेको हो।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083