नेकपा (माओवादि केन्द्र) सुन्सरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा मुकसामहाङ प्रमुख दाबेदार

12.03K
shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरूले उम्मेदवार हुन आकांक्षा राख्नेहरूको नाम धमाधम सिफारिस गरेका छन् ।

नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादि केन्द्र) लगायतले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन् ।

नेकपा (माओवादि केन्द्र) सुन्सरी क्षेत्र नं १ प्रदेशसभा (ख)का लागि उम्मेदवारको आकाङ्क्षीहरुको नाम सिफारीस भएको छ । प्रत्यक्षतर्फ चार जना तथा समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस भएको हो ।

शनिबार नडाहामा भएकोे क्षेत्रिय कमिटिको बैठकले प्रत्यक्षतर्फ मुकसामहाङ मेन्याङ्बो, उमिता बराइली, पुष्प ढुङ्गाना, असोक राईको नाम सिफारिस गरेको हो, मुकसामहाङ मेन्याङ्बोलाई प्रमुख उम्मेदवारकाे रुपमा लिइएको छ, भने समानुपातिकतर्फ कमला राई, शैलेन्द्र राजधामीको नाम सिफारिस गरिएको नेकपा माओवादि केन्द्रका नेता रामकुमार चौधरीले बताउँनुभयो ।