नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै नबसी स्थगित

6.57K
shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।वरिष्ठ नेता रामचन्द्र पौडेलसहित झण्डै आधा केन्द्रीय सदस्य राजधानी बाहिर भएपछि आज बस्ने भनिएको बैठक स्थगित भएको हो । मालिन्दो एयरको विमान धावनमार्गमा दुर्घटना भएपछि अन्तरिक उडान रोकिँदा नेताहरु काठमाडौं आउन नसकेका हुन् । पौडेलसहितका ७ नेता पोखरामा अड्किएका थिए ।

पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग कुराकानी गरेपछि बैठक स्थगित गरिएको जनाउदै बैठक आइतबार ११ बजे बस्ने भएको हो ।


divya collage
unigloble collage