देउसी भैली खेलेर नेकपा निकट विद्यार्थी संगठनले उठाएको १७ लाख रुपयाँ समाजीक संस्थामा सहयोग गर्ने
वि.सं.२०७५ कात्तिक २४ शनिवार ०९:१०
shares

काठमाडौं । दीपावलीको अवसरमा नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) प्रदेश-३ को संमोजनमा सचेतनामुलक प्रगतिशील देउसी भैलो खेल खेलीएको अखिल(क्रान्तिकारी) का केन्द्रिय सचीव तथा प्रदेश-३ का संयोजक पवन कार्कीले मुक्तीखबरलाई बताए।
देउसी भैलो खेलेर १७ लाख रुपयाँ उठेको कार्कीले बताए । यो उठेको रकमलाई कुनै सामाजीक संंस्था, धार्मीक संस्थाहरुमा सहयोग गर्ने समेत बताए । उनले भने – ‘हाम्रो सामूहीक उदेश्य नै थियो उठेको रकमलाई सामाजीक संस्थाहरुलाई सहयोग गर्ने थियो त्यो अब पूरा भयो’ । सामाजीक कार्यमा लाग्न सधै अग्रसर रहेको र एकताबद्ध भएको पनि बताए ।
विगतको वर्षमा दीपावलीको अवसरमा प्रगतिशील देउशी भैलो कार्यक्रम खेल्दै आएको हुनाले यो वर्ष पनि दीपावलीको अवसरमा नेपाली कला संस्कृतिको जगेर्ना गर्दै कात्तिक २१ र २२ गते देउसी भैलो खेलिएको बताए ।


नेपालको समृद्धिको यात्रामा टेवा पुराउन समसामयिक विषयलाई समेटेर देउसी भैलो कार्यक्रम खेलीएको भए पनि जनवर्गीय संगठनको एकता र विद्यार्थी एकतालाई पनि गती प्रधान दिन दबाब दिने उद्देश्यले जनचेतनामूलक देउसी भैलो कार्यक्रम सञ्चालन गरेको निकट स्रोतको दाबी रहेको छ । राष्ट्रियता, संघीय लोकतान्त्रीक गणतन्त्र र जनजीवीकाका सवालमा जनतालाई एकाकार गराउन प्रगतिशील देउसी भैलोले सहयोग गर्ने गरेको समेत छ ।


संगठनले तीन जील्ला काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा नेकपाका शिर्ष नेता, बालवाला मन्त्री, तथा व्यवसायी घराना लगायतका निवासमा देउसी भैलो खेलेका हुन् । उक्त चेतनामूलक देउसी भैलो कार्यक्रममा जनवादी र चेतनामूलक नृत्य, गीत, कविता, हास्यव्यङ्ग्य तथा समसामयिक विषयमा क्यारिकेचर समेत प्रस्तुत गरीएको थियो ।



















