नेपाल पुलिस क्लबका खेलाडी सुवासलाई तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

Nepal Life Insurance Long Ad

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबका खेलाडी सुवास चन्द्र बोहराले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे बजारमा बिहीबार सम्पन्न तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुवासले प्रतियोगिताको ग्यारोगीतर्फ सिनियर ६८ केजी तौल समूह स्पर्धाको फाइनमा राष्ट्रिय टोलीकै अर्का सदस्य तथा आर्मीका सगुन श्रेष्ठलाई २-१ ले हराउँदै स्वर्ण पदक जितेका हुन् ।

मंसिर १९ र २० गते गरि दुई दिनसम्म चलेको प्रतियोगितामा सात प्रदेश,तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जसमा ग्यारोगीतर्फ १२ सिनियर र चार जुनियर गरी १६ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको विजेताले ७० हजार,द्वितियले ५० हजार र तृतियले ३० हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

२२ मंसिर २०८०, शुक्रवार १८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु