आगामी मंसिर मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउन लगाउन गृहकार्य जारी

5.99K
shares

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टीका एकता प्रक्रियालाई टुंगो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुंगो लगाउने गरी कामकाज भइरहेको बताएका छन् । नेकपा सचिवालय बैठकले यही गत कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारी अनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए ।

कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भएपनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठक सार्ने निर्णय भएलगत्तै पार्टी भित्रका नेताहरुले विरोध गर्नुभएको थियो । गत जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच टिकाटिप्पणी हुने गरेको छ ।

पार्टी एकता प्रक्रियालाई सरकारको काम कारवाहीसँग समेत तुलना गरेर पार्टीभित्र हेर्ने गरिएको छ । एकता प्रक्रिया सम्पन्न नहुँदा सरकारको कामकाज समेत प्रभावकारी हुन नसकेको कतिपय नेताहरूले गुनासो गर्ने गरेका छन् ।

कार्यदलका सदस्य महासचिव पौडेलले भन्नुभयो, “एकता प्रक्रिया छिटोभन्दा छिटो टुंगो लगाउने गरी नै काम भइरहेको छ, दुई ठूला पार्टीबीचको एकता प्रक्रिया केही लम्बिदा निराश भइहाल्नुपर्ने अवस्था भने होइन ।” कार्यदलमा महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083