चलचित्रकर्मी सारु मगरको निधन, अन्तिम बन्यो दिदीको हातको टीका
वि.सं.२०७५ कात्तिक २५ आइतवार १४:५५
shares

काठमाडौं । एक दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय चलचित्रकर्मी सन्तोष सारु मगरको निधन भएको छ । पाँचथर घर भई पोखरालाई कर्मथलो बनाउँदै आएका गृह जिल्लामै निधन भएको हो । केही दिन अगाडि आफ्नी दिदीको हातबाट भाइटीका लगाउन पाँचथर पुगेका उनको टीका लगाएकै साँझ निधन भएको जनाइएको छ ।
पारिवारीक स्रोतका अनुसार भाइलाई भाइटीका लगाउन माइत आएकी दिदीलाई टीका लगाईसके पछि बुलकी पख घर छोडेर फर्किने क्रममा उनको छाती दुखेको थियो र साँझ घरमा छाती दुखेको छ भनी उनी सुतेका थिए तर, उनी कहील्यै नउठ्ने गरी विदा भइसकेको अवस्थामा पाएको परिवारजनले जनाएका छन् ।
सुतेको ठाउँमा उनको मुखबाट फिज आएको देखेपछि परिवारले उनलाई अस्पताल पुर्याए तर, डाक्टरले उनको हृदयघातका कारण् मृत्यु भएको जानकारी दिएका थिए । सन्तोष सारु मगर कुशल नृत्यकार, कोरियोग्राफर, सम्पादक, सिनेमाटोग्राफर तथा मगर चलचित्रकर्मी संघ कास्कीको जिल्ला सदस्य थिए ।
































