प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा भट्टराई नियुक्त
वि.सं.२०७५ कात्तिक २६ सोमवार १०:३६
6.21K
shares
shares

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।
































