समृद्धिका लागि सघाउन मित्रराष्ट्रलाई प्रधानमन्त्री ओलीको आग्रह

6.57K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन्। नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको स्मरण गर्दै आफूहरु हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम सङ्ख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका थिए। गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए। “नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित छन्”, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा भट्टराईले भन्नुभयो, “भूकम्पपछिको पुनः निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ। यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083