विप्लव जनसभाको तयारी पुरा, कार्यक्रमस्थल नै सारियो

5.47K
shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि आयोजना गर्न लागेको कार्यक्रमस्थल परिवर्तन गरिएको छ । यसअघि काठमाडौंको टुँडिखेलमा आयोजना हुने भनिएको कार्यक्रम अब भृकुटीमण्डमा हुने नेकपा उपत्यका ब्यूरोले जनाएको छ । जनसभालाई पार्टी प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाण्डसँगै कम्युनिस्ट तथा वामपन्थी नेताहरु सीपी मैनाली, ऋषि कट्टेल, गोपाल किराँती ‘साइँला’ लगायत नेताहरुले सम्बोधन गर्नेछन् । सुरुमा कार्यक्रम खुलामञ्चमा हुने भनिए पनि खुलामञ्चमा गिट्टी बालुवाका कारण ठाउँ नै नभएपछि नेकपाले आफ्नो जनसभा शान्तिबाटिकामा गर्ने जनाएको थियो । तर राजधानीको ट्राफिक जाम भएर सर्वसाधारणलाई असर नपरोस् भनेर जनसभा प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गर्न लागिएको नेकपाले जनाएको छ ।

शान्तिवाटिकामा कार्यक्रम गर्दा जमल, बागबजार, वीर अस्तापल, पुरानो बसपार्क हुँदै चल्ने सबै सवारी सधान प्रभावित हुन्छन् । ट्राफिक प्रहरीले पनि शान्तिवाटिकामा कार्यक्रम भए सर्वसाधारणलाई गारो हुने बताउँदै आएको थियो । नेकपाले काठमाडौंका तीन स्थानबाट केन्द्रीय नेताहरुको नेतृत्वमा र्याली निकाल्नेछ ।

नेकपाले काठमाडौंका विभिन्न ठाउँहरुमा स्वगत गेट, व्यानर, वाल पेन्टिङ पनि गरेको छ । खासगरी आफ्नो पार्टीको पाँचौँ पुनर्गठन दिवसको अवसर पारेर नेकपाले मङ्सिर ८ गते विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने निर्णय गरेको हो । त्यसै सन्दर्भलाई लिएर उसले साताव्यापी विभिन्न कार्यक्रम पनि गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083