इमान्दारिताका साथ काम गर्न कानुन व्यवसायीलाई प्रधानन्यायाधीश ‘मिश्र’को आग्रह

5.79K
shares

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन कायम राख्न इमानका साथ काम गर्न कानुन व्यवसायीहरूलाई आग्रह गरेका छन्।

प्रधानन्यायाधीश मिश्रले न्यायको योद्धा बन्नुपर्ने कानुन व्यवसायीहरु आफैंमा इमान्दारिता र आर्दश हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। नेपाल कानुन समाजद्वारा सोमबार ललितपुरमा आयोजित ‘स्वतन्त्र न्यायपालिका र कानुनको शासन स्थापनामा वरिष्ठ अधिवक्ता स्वर्गीय कुसुम श्रेष्ठको योगदान’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले समाजका हरेक क्षेत्रमा आर्दश र इमानका कुरा दुलर्भ हुँदै गइरहेका बेला स्वर्गीय श्रेष्ठको जीवनीबाट हरेकले ऊर्जा लिन सक्ने पनि स्पष्ट पारे।

प्रधानन्यायाधीश मिश्रले वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपालमा कानुनी राज्य स्थापनाका लागि अतुलनीय योगदान दिएको उल्लेख गर्दै उनले देखाएको बाटोबाट अघि बढ्न सके हरेक नागरिकले न्याय पाउने विश्वास पनि व्यक्त गरे।

प्रधानन्यायाधीश मिश्रले स्वर्गीय कुसुम श्रेष्ठले नेपालको न्याय क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउनु भएको पनि स्मरण गराए। उनले श्रेष्ठले नेपाल बार एशोसिएशनको स्थापनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि उल्लेख गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व सभामख एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले स्वर्गीय श्रेष्ठले नेपालमा स्वतन्त्र न्यायपालिका र कानुनको शासन स्थापनामा पुर्‍याएको भएको योगदानको चर्चा गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083