निर्मलाको न्यायको माग्दै नेविसंघले टाँस्यो प्रहरीकै गाडीमा पोस्टर

5.14K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै प्रहरीकै गाडीमा पोस्टर टाँसेको छ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाइले निर्मलाको फोटो भएको ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पोस्टर प्रहरीको गाडीमा टाँसेका हुन्। नेविसंघ आरआर इकाइले मंगलबार बिहान क्याम्पसको मुलगेट अगाडि, प्रर्दशनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै पोस्टर टाँसेका थिए।

नेविसंघ आरआर क्याम्पसका नेता उत्तम साउदका अनुसार पाँच सय वटा पोस्टर टाँसिएको हो। ‘निर्मलालाई न्याय माग्दै भित्ता र गाडीमा पोष्टर टाँसेका हौ,’ उनले भने। नेविसंघ आरआरकी नेतृ पूर्णिमा पराजुलीका अनुसार प्रहरीको भ्यानमा पनि निर्मलालाई न्याय माग्दै पोस्टर टाँसिएको थियो।

‘साथीहरूले प्रहरीको भ्यानमा पनि पोस्टर टाँस्नु भएछ। पहिले खासै अवरोध नगरेको प्रहरीले पोस्टर टाँसेपछि भने साथीहरुलाई लखट्यो,’ उनले भनिन्, ‘भ्यानमा टाँसेको पोस्टर पछि प्रहरीहरूनै च्यातेछन्।’ नेविसंघले प्रहरीको बा २ झ १४७ नम्बरको भ्यानमा पोस्टर टाँसेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083