संघीयता नितान्त मौलिक हो : सभामुख महरा

4.34K
shares

गाईघाट । सभामुख कृष्णबहादुर महराले नेपालको संंघीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताएका छन् । उदयपुरको गाईघाटमा मंगलवार आयोजित संविधान, संघीयता कार्यान्वयन र अन्तरसम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले भने, ‘नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक प्रकारको रहेको छ ।

जनप्रतिनिधिले संघीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नुभन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक संघीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणासमेत सभामुख महराले व्यक्त गरे । राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेको मात्र आफूहरूको अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र अधिवक्ता रामबहादुर थापाले समेत नेपालको वर्तमान संघीयता र तीनै तहको अधिकारकारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताए । जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका ८ स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।


Mitsubishi Long Ad