कांग्रेसमा थप ध्रुवीकरण रोक्न एकीकृत मस्यौदा बनाइँदै

4.9K
shares

काठमाडौँ । पार्टीभित्रको ध्रुवीकरण राक्ने प्रयासमा कांग्रेसका शीर्ष नेताहरु लागेका छन् । पार्टीको प्रस्तावित विधान मस्यौदा परिमार्जन गरी एकीकृत रूप दिन शीर्ष नेताहरूबीच अनौपचारिक संवाद पनि शुरु भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा दस दिन चलेको छलफलबाट फरकफरक मत आएपछि एकीकृत मस्यौदा बनाउन पहल थालिएको नेताहरुले बताएका छन् । आइतबार अनौपचारिक संवाद गर्ने र सोमबार बैठक बस्ने तय भएको छ ।

पार्टीभित्र थप ध्रुवीकरण हुन नदिन संस्थापन र इतरपक्षका चासो सम्बोधन गरेर एकीकृत मस्यौदा महासमिति बैठकमा लैजाने तयारी छ । शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले लोकप्रिय हुने नाममा काम गर्न नसक्ने गरी विधान बनाउन नहुने धारणा राखेका थिए । उनले केन्द्रीय कार्यसमितिमा आएका सुझाव समावेश गरी सहमतिकै आधारमा विधान तयार पार्नुपर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083