प्रशासनमन्त्री लालबाबु पण्डित युएई जादैँ

4.88K
shares

काठमाडौँ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित युएई जाने भएका छन् । आइतबारबाट दुबईमा सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन मन्त्री पण्डित त्यसतर्फ जाने भएका हुन् ।

विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा हुन लागेको सम्मेलनमा नेपालको तर्फबाट मन्त्री पण्डितले सहभागिता जनाउनेछन् ।

१० सदस्यीय नेपाली प्रतिनिधि टोलीसहित मन्त्री पण्डित शुक्रबार युएई जाने कार्यक्रम छ । सम्मेलनमा श्रमबजार, शिक्षा स्वास्थ्य, राजनीतिसँग सरकार तथा समुदायको सम्बन्धका बिषयमा सामुहिक छलफल हुनेछ ।

कार्यक्रममा सन् २०१८ का नोबेल पुरस्कार बिजेताहरुसहित क्याथोलिक क्रिश्चियनका धर्म गुरु पोप फ्रेनसीस तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतले सम्बोधन गर्ने छन् । सम्मेलनमा नेपालले सुरुआतदेखि नै सहभागिता जनाउँदै आएको छ ।