संसदमा शिक्षामन्त्रीको प्रस्ताव : ‘चैत भित्रै स्ववियु चुनाव गरौं’

4.37K
shares

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चैतभित्रै स्ववियु चुनाव गराउन प्रतिपक्षी दल पनि तयार हुनुपर्ने बताए।

‘फागुनभित्र हामीले ढिलो चाँडो चुनाव गरिसक्नुपर्ने आवश्यकता हो, र प्राथमिकता हो। चैतभित्र स्ववियु चुनाव गराइसकौं, सहमति गरौं यसमा’ उनले भने ‘चैतपछि वैशाखमा शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी नजाऔं, प्रणालीगत रुपमा यसलाई पनि हल गर्न जरुरी छ। ’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा दुई वर्षअघि निर्वाचित भएको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल यही फागुनमा सकिदैछ। तर नयाँ चुनाव गराउने विषयमा दलहरुबीच एकमत छैन। नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघ भित्र विवाद रहेको भन्दै स्ववियु चुनाव पछि सार्न प्रस्ताव गरेको छ।

शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवाला सँग छलफल गरिसकेको बताए । ‘प्रधानमन्त्रीले पहल लिइसक्नुभएको छ, प्रतिपक्षी पनि सकारात्मक हुँदै यो समयभित्र नै स्ववियु चुनाव गराऔं’ शिक्षामन्त्री पोखरेलले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083