बार चुनाव : अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी
वि.सं.२०७५ चैत २१ बिहीवार १८:०१
4.78K
shares
shares

काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्।
बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएका हुन्। मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन।
अध्यक्ष सहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन्। तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन्।





























