जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा नर्सको शव झुण्डिएको अवस्थामा फेला
वि.सं.२०७६ वैशाख ८ आइतवार १२:२४
9.01K
shares
shares

जनकपुरधाम। जनकपुरधाम स्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल प्रालिमा १ जना नर्स पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको छ।
संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सञ्चालन गरेको निजी अस्पतालमा कार्यरत नर्स अस्पताल परिसरको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
महोत्तरी गौशाला नगरपालिकाको रामनगरकी नर्स रक्षा आले अस्पताल परिसरभित्र रहेको निवासमा बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
संघीय समाजवादी फोरम नेपालका प्रदेश सांसद कौशल यादव समेत घटनास्थल पुगेका छन्। सांसद यादव पनि अस्पतालका सञ्चालक हुन्।
सप्तरीका प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायण यादव पनि अस्पतालका सञ्चालक हुन्। उनी पनि फोरमबाट चुनाव जितेका हुन् ।































