‘सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’ : प्रचण्ड

7.38K
shares

काठमाडौ । आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइ रहेको जानकारी दिए।

‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’ अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको प्रष्ट पारे। ‘अनुहार हेरेर होइन्, सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’, उनले भने। उनले तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागे पछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए।

जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइ सकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए। आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने उनको दावी थियो।

नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दै छ। सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको घोषणा गर्ने तयारी भइ रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083