ओली सरकारको निर्देशन मान्दैनौँ : मन्त्री सोनल
वि.सं.२०७६ वैशाख ८ आइतवार १३:१०
6.29K
shares
shares

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न नपाइएको गुनासो गरेका छन्।
संघीय सरकारले संविधानबमोजिम प्रदेश सरकारलाई दिनु पर्ने ऐन नियम अहिलेसम्म नदिए ठूलो कमजोरी देखाएको सोनलले बताए। प्रधानमन्त्री केपी ओलीका कारण प्रदेश सरकारले ऐन कानुन पाउन नसकेको उनको आरोप छ।
टेलिभिजनको कार्यक्रममा कुरा गर्दै मन्त्री सोनलले संविधानले प्रेदशलाई दिएको अधिकार प्रधानमन्त्रीले नदिएको जिकिर गरे।
प्रादेशिक लोकसेवा ऐन, प्रहरी ऐन लगायतका ऐनबाट प्रदेश सरकारलाई बञ्चित बनाइएको सोनलले आरोप लगाए। संघीय सरकराले प्रदेश सरकारालाई निर्देशन दिने अधिकार नभएको भन्दै सोनलले दुवै तहका सरकारबीच समन्वय मात्रै गर्नु पर्ने जिकिर गरे।
































