नक्कली नोट कारोवार गर्ने ४ जना बङ्गलादेशी पक्राउ

4.86K
shares

मध्यपुरथिमि । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि-१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेका चार जनालाई आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिए ।

गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमी नपा-१ मा रहेको परिधि गिफ्ट पसलमा शपबाट बङ्गलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी नक्कली नोट रु दुई हजार दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेका थिए ।

खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा एक हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने तीनजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083