नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ , केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने

9.67K
shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । उनलाई मौसमी रुघाखोकी लागेपछिो र खुमलटारस्थित निवासमै आराम गरिरहेका जनाईएको छ ।

अस्वस्थ भएपछि प्रचण्डले अबका केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।

आज नै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए ।