प्रधानमन्त्री ओलीलाइ ‘क्लेबसेला ब्याक्टेरिया’ संक्रमणको आशंका, परिक्षण रिपोर्ट आउन बाँकी
वि.सं.२०७६ फागुन २९ बिहीवार ११:४५
shares

मुक्तिखबर,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बिषयमा बिभिन्न खालका समाचारहरु आईरहेका छन् यद्यपी उनलाई अस्पतालबाट कहिले डिस्चार्ज गरिन्छ भन्ने टुंगो अझै लाग्न सकेको छैन ।
प्रधानमन्त्री ओलीको दोस्रोपटकको सफल मृगौला प्रत्यारोपण गरिएको आज आठौं दिन पुगेको छ । तर ‘क्लेबसेला ब्याक्टेरिया’ संक्रमणको आशंका देखिएपछि प्रधानमन्त्री ओलीको पिसाबको कल्चर गर्न नमुना परिक्षणका लागि पठाइएको छ। प्रधानमन्त्री ओलीको आज पिसाबको रिपोर्ट आउने उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज त्यसको रिपोर्ट आउने चिकित्सकले बताएका छन्।
सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको ५ देखि ७ दिनसम्ममा डिस्चार्ज गर्ने बताउँदै आईएको थियो ।
पिसाब कल्चरको रिपोर्ट आज आएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज कहिले गर्ने भन्नेबारे निर्णय हुने चिकित्सकको भनाइ छ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले पिसाबको कल्चर रिपोर्ट आएपछि मात्रै थप केही भन्न सकिने बताइन्।
यो पनि पढ्नुहोस्…
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखियो, सिंगापुर लैजाने तयारी




























