संसद विघटन विरुद्ध सर्वोच्चलाई सभामुखले पठाए यस्तो जवाफ !
वि.सं.२०७७ पुस १९ आइतवार १४:३७
shares

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन् ।
पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले गराएको अविश्वास प्रस्ताव दर्ताको समयबारे सहितको कागजात १९ गते (आइतबार) पेस गर्न आदेश जारी गरेको थियो ।
सभामुख सापकोटाले अविश्वास प्रस्तावको दर्ता समय समेत उल्लेख गरेर सो व्यहोरासहितको लिखित जवाफ आज आइतबार पठाएको सभामुख सापकोटा निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सभामुख सापकोटाले जवाफमा नेपालको संविधान २०७२ ले अहिलेको अवस्थामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको नदिएको र संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद विघटन गर्न नमिल्ने विषयमा प्रष्ट पारेर जवाफ पठाएको जनाइएको छ ।































