सत्ता गठबन्धनले चर्को आलोचना गरेपछि, ओलीले भने-“गालीगलौज नगरी सार्वजनिक बहस गरौँ”
वि.सं.२०७९ चैत २३ बिहीवार ११:१२
5.03K
shares
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन एजेण्डामा आधारित बहसका लागि नेताहरूलाई आग्रह गरेका छन्।
वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा हुने निर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरी एजेण्डमा आधारित बहस गर्न उनले आह्वान गरेका छन्।
वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको आज अन्तिम नामवली प्रकाशित हुँदैछ। यसैबीच उनले धेरै उम्मेदवार युवाहरू देखिएकोमा यो खुसीको कुरा भएको बताएका छन्।
उनले गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनअघि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक बहसका लागि चुनौती दिएका थिए। उनले देउवालाई सार्वजनिक बहसका लागि आह्वान गर्दा त्यो प्रयास सफल नभएको भन्दै राजनीतिलाई सहीबाटोमा लैजान एजेण्डा केन्द्रित हुनुपर्ने बताएका छन्।






























