प्रहरीमा डीआईजी र एसएसपी बढुवाको तयारी, यी हुन् दाबेदार
वि.सं.२०७९ चैत २४ शुक्रवार १७:१८
shares

हालै मात्र ५ डीआईजीको एआईजीमा बढुवा भएको थियो । शुक्रबार पनि चार डीआईजीको एआईजीमा बढुवा भएको छ । यस्तै, यही ११ चैतदेखि डीआईजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसाउद आलम खाँले अनिवार्य अवकाश पाएका थिए । अर्का डीआईजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिएका थिए ।
जनपदतर्फ कुल २० डीआईजीको दरबन्दी रहेको प्रहरीमा अहिले १३ पद रिक्त छ । डीआईजीको कमान्ड हुने सात प्रदेशमध्ये हाल ३ वटामा प्रमुख छैनन् । कोशी, मधेश र सुदूरपश्चिममा डीआईजीको पदस्थापन हुन सकेको छैन । वाग्मतीमा डीआईजी किरण राणा, गण्डकीमा डीआईजी बुद्धिराज गुरुङ, लुम्बिनीमा डीआईजी उमेशराज जोशी, कर्णालीमा डीआईजी भीमप्रसाद ढकालले कमान्ड सम्हाल्दै आएका छन् । डीआईजी पोषराज पोखरेल प्रहरी प्रवक्ता छन् । अन्य डीआईजी रामदत्त जोशी र दुर्गा सिंह छन् ।
रिक्त डीआईजी पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरु जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, विकासराज खनाललगायत प्रतिस्पर्धामा छन् । उनीहरु २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु हुन् ।
रिक्त रहेकाे १३ दरबन्दीमा कमाण्ड नैतिकता, इमानदारिता र जाेखिम माेल्नसक्ने मापदण्डमा खराे उत्रने केही अधिकृतहरु माथि उल्लेखित बरियताक्रममा अघि ल्याउने पक्षमा प्रधानमन्त्री कार्यालयकाे छ । यी मध्ये एसएसपी विकास खनालकाे ट्रयाक रेकर्ड राम्राे छैन् ।
डीआईजी बढुवा भएपछि एसएसपीको दरबन्दी पनि रिक्त हुनेछ । रिक्त एसएसपीका लागि विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोख्रेल, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्लीमगर, भुपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दीप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभूूषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीरबहादुर ओली, चन्द्रदेव राईलगायत प्रतिस्पर्धामा छन् ।
डीआईजी र एसएसपीको बढुवाको सूचीमा रहेका केही अधिकारी भने उमेर हद र पदावधिका कारण अवकाशमा जाने क्रममा छन् ।
































