विदाई कार्यक्रम सम्पन्न

5.59K
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्धारा नेपाल प्रहरीको सेवाबाट विदाई भई जान लागेका तेक्वान्दो खेलाडी/प्रशिक्षकहरुलाई विदाई गरेका छन् ।

नेपाली खेल जगत एवम् नेपाल प्रहरीको खेलकुद क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याई नेपाल प्रहरीको सेवाबाट विदाई भई जान लागेका तेक्वान्दो खेलाडीरप्रशिक्षक पूर्व प्र.ना.नि. लक्ष्मण ऐर तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी पूर्व प्र.ना.नि. जुमनु राईलाई खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 11 people, people studying and text

उक्त कार्यक्रममा प्रमुख अतिथिले विदाई भई जान लागेका पूर्व प्र.ना.नि.हरुलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गररेका थिए ।

प्रतिष्ठानका निर्देशक, अ.अ. विद्यालयका प्रधानाचार्य, सह निर्देशकहरु लगायत सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथिले नेपाल प्रहरी खेलकुद क्षेत्रमा उहाँहरुले पुर्‍याउनु भएको योगदानको सदैव कदर हुने र प्राप्त उपलब्धीहरु नेपाल प्रहरीको सम्पत्तिको रुपमा सुरक्षित रहने विषय औल्याएका थिए ।National Police Academy बाट साभार


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083