माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिद्धारा आयोजित ‘प्रबिधिमा जनताको पहुँच’ कार्यक्रमको उद्धघाटन सम्पन्न
वि.सं.२०८० मंसिर २४ आइतवार १७:५७
shares

काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति अभियानद्धारा कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने अभिप्रायका साथ ‘प्रबिधिमा जनताको पहुँच’ -२०८० कार्यक्रमको उद्धघाटन सम्पन्न भएको छ ।
बागमती प्रदेशका अध्यक्ष , प्रदेश सांसद सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा साथै ७ नम्बर वडा समिति अभियान संयोजक ईन्द्र भुषालको अध्यक्षतामा आज चावहिल स्तुपा अवस्थीत अभियानको कार्यलयमा उद्धघाटन भएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथीले अहिलेको पुस्ता आम जनता प्रविधि शिक्षासँग जोडिनु पर्ने बताए । उनले भने ‘म स्वयम् आफै कम्प्युटर सिक्न तयार छु,समय मिलाएर म पनि सिक्न आउछुु हामी राजनिती क्षेत्रमा लागेकाहरुको लागि झनै आवश्यकता छ ।’ “अहिलेकोे आधुनिक विश्व जगतमा प्रविधि शिक्षाले निकै ठुलो सफलता प्राप्त गरेको उल्लेख गर्दै कम्प्युटर डिजिटल प्रविधि शिक्षाबाट टाढा रहेका आम जनता युवा बिद्यार्थीहरुलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।”
साथै कम्प्युटर डिजिटल प्रविधि शिक्षा निशुल्क तालीम सिकाउन थालेकामा ७ नम्बर वडा अभियान समितीलाई धन्यबाद ब्यक्त समेत गरेका थिए ।

त्यसै गरी ७ नम्बर वडा समिति अभियान संयोजक ईन्द्र भुषालले आम जनतालाई प्रविधिमैत्री बनाउन ज्ञान सिप हाँसिल गर्न रचानात्मक एबम् सिर्जनशिल कार्यक्रम तयार गरेको बताए । नेता भुषालले भने ‘७ नम्बर वडावासी, युवा विद्यार्थीहरुलाई सिप सिकाई दक्ष बनाउने हाम्रो पहिलो प्राथमिकतामा हो, तर बिविध कारणले जोकोही सिप सिक्न चाहाना हुँदाहुदै आर्थिक अवस्था कमजोर भएर सिक्न नपाएकाहरुलाइ पनि हामि निशुल्क सिप सिकाउँछौ ।’
“उद्धघाटन कार्यक्रममा उपस्थित वडावासी युवा विद्यार्थी,बुद्धीजीबी वर्ग समाजसेवी लगाएत सम्पुर्ण आम नागरिकहलाई धन्यवाद ब्यक्त गर्दै राम्रोसँग सिप सिक्न शुभकामना समेत दिएका थिए।”
साथै उद्धघाटन कार्यक्रमको संचालन युवा बिद्यार्थी नेता मदन लिम्बुले गरेका थिए ।
उक्त कार्यक्रममा बागमती प्रदेश सदस्य डम्बर अधिकारी,महेन्द्र घोरासैनी,रत्नमणि गौतम,मदन लिम्बु,रामेश्वरजंग केसी, शंकरदत्त बोगटी, प्रधान लामा ज्यष्ठ कम्युनिष्ट मंच सदस्य प्रेममणी भट्टराई, वडा पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्











































