जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुगमन, निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ २९ सोमवार १२:०९
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुगमन, गर्नु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, स्रोत साधनहरूको व्यवस्थापन, शाखाहरुको अभिलेखिकरण, हिरासत कक्ष लगायत नवपर्वद्धनात्मक कार्यहरूको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्नु भएकाे हाे ।

निरीक्षण पश्चात कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई संगठनको नीति, निर्देशन अनुरुप आफ्नो ज्ञान, वुद्धि विवेकको प्रयोग गरी प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा स्थापना, फरार प्रतिवादी पक्राउ, पेण्डिङ् मुद्दाको फर्स्यौटमा विशेष तिव्रता, सचेतनामूलक कार्यक्रमहरू सञ्चालन लगायत नागरिकमैत्री सेवा प्रवाह गर्न, आचरण व्यवहार सुदृढ गरी दिईएको जिम्मेवारी उच्च मनोबलताका साथ पुरा गर्न आवश्यक निर्देशन दिनु भएकाे थियाे ।
















