ललितपुर जिल्ला प्रहरी कार्यलयद्वारा माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा

3.58K
shares

ललितपुर । ललितपुर जिल्ला प्रहरी कार्यलयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेकाे छ ।
कार्यलय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकीलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नु भएकाे थियाे ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राख्न सफल भएकाे हाे ।

उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित ईलाका प्रहरी कार्यालय खजुरी धनुषा दरवन्दी भई प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकीलाई २०८० साल माघ महिनाको “ Police of The Month”को घोषित गरि पुरस्कृत गरिएकाे हाे ।