नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशद्वारा “शैक्षिक सामग्री वितरण कार्यक्रम” सम्पन्न

5.76K
shares

दाङ।  नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजाना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको सहकार्यमा नेपाल प्रहरी स्कूल दाङको कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.मा अध्ययनरत विद्यार्थीहरुलाई “शैक्षिक सामग्री वितरण” गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, नेपाल प्रहरी श्रीमती संघका प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारी, सदस्य श्रीमती प्रेक्ष्यमा गोंगल लगयत शिक्षक, विद्यार्थी तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083