Strategic Command and Management (SCM)” (DIGP/SSP) तालिम चौथो समूहको समापन कार्यक्रम सम्पन्न

4.08K
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा Strategic Command and Management (SCM)” (DIGP/SSP) चौथो समूहको तालिम सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षणमा २०८०/११/०६ गते देखि संचालन भएको २० दिने कार्य अवधिको Strategic Command and Management (SCM)” (DIGP/SSP)  चौथो समूहको तालिम आज एक कार्यक्रमका बिच  सम्पन्न भएकाे हाे ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख अतिथिले दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा सफलता पुर्वक तालिम सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरुलाई बधाई दिनु भयाे ।

साथै तालिमको दौरानमा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरुको रणनितिक कमाण्ड र व्यवस्थापनलाई थप मजबुत बनाउने जसबाट संगठनको आन्तरिक शुद्धीकरण र सुदृढीकरण गर्नका निमित्त मद्धत पुग्न सक्ने साथै तालिममा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरुको आम सर्वसाधारण जनताले चाहेको सेवा व्यवसायिक तवरले प्रदान गर्न सक्ने क्षमताको अभिवृद्दी हुने कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रशिक्षार्थीहरुलाई सफलता पुर्वक तालिम सम्पन्न गरेकोमा बधाई दिदै प्रशिक्षार्थीहरुले अनुशासित र उत्साहजनक तवरले तालिममा सहभागिता जनाएकोमा धन्यवाद दिनु भएको थियो ।

नेपाल प्रहरी संगठनमा संचालन गरिने प्रत्येक तालिमहरु तोकिएको बिधि, पद्धति र मापदण्ड अनुरुप एक रुपताका साथ संचालन हुनुपर्ने र तालिम संचालन गर्दा प्रशिक्षार्थीहरुको ज्ञान, सिप र व्यवहारको विकास हुने गरि संचालन गरिनु पर्ने कुरा व्यक्त गर्दै प्रमुख अतिथिलाई कार्यक्रममा उपस्थित भईदिनु भएकोमा धन्यवाद समेत दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।


unigloble collage
baneshwor multiple campus ad -2083