स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

3.46K
shares

सिरहा । मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला पोखरेलकाे प्रमुख आतिथ्यतामा साथै प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे उपस्थितिमा मिर्चैया र कर्जन्हा नगरपालिकामा स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे छ ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं.०५ स्थित मिर्चेया नगरपालिका कार्यालयको हलमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा उक्त कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा शेर गण चौहर्वा सिरहाका सह-सेनानी टेकराज गौली, इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाका प्रमुख प्र.ना.उ. जितेन्द्र कुमार बस्नेत, नगर शिक्षा शाखा प्रमुख भरत बानिया, नगरपालिकाको अन्य शाखा प्रमुखहरु लगायत अन्य वडाका वडा अध्यक्षहरुको उपस्थितिमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” को अवधारणा अनुरुप “स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम” गरिएको थियाे ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले “स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका २०८०” को बारेमा बिस्तृत जानकारी गराउदै नगर प्रमुख तथा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुखले पुस्तिकाको बारेमा जानकारी दिनु भयाे ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख र नगर शिक्षा शाखा प्रमुखको साझेदारीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरु समेटिएका पुस्तिका मिर्चैया नगरपालिका अन्तर्गतमा विद्यालयहरुका पाठ्यक्रममा प्रविष्ट गराई छात्र छात्राहरुलाई अध्यापन गराउने भन्दै समझदारी पत्रमा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083