नेकपा पहिलो पार्टी बन्ने निश्चितजस्तै छ : प्रचण्ड

3.26K
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना प्रबल रहेको बताएका छन् ।

आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकम्बोधन गर्दै संयोजक प्रचण्डले २० वटा दललाई समेटेर बृहत पार्टी निर्माण गरेपछि पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गरे । उनले सोही कारण नेकपा पहिलो पार्टी बन्ने अवस्था लगभग निश्चितजस्तै रहेको बताए ।

‘हामीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेका छौं । सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभा र समानुपातिकतर्फका उम्मेदवार चयन गरेका छौं,’ उनले भने, ‘यसले पार्टीको लोकप्रियता अझै बढाएको छ ।’

संयोजक दाहालले गोरखा क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब निश्चित जस्तै भएको दाबी गरे । भट्टराईले आफ्नो पार्टीलाई समर्थन गर्ने बताएका कारण परिणाम आफ्नो पक्षमा आउने उनको भनाइ थियो ।उनले निर्वाचनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेकपा प्रतिबद्ध रहेको पनि बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083