पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु, ओलीको तयारी जारी

858
shares

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइँदै गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई पक्राउ गरेको थियो।

लेखकको बयान सुरु भइसके पनि ओलीको बयान भने अझै सुरु भएको छैन। अनुसन्धान अधिकृतहरूका अनुसार उनीसँग सोधपुछ गर्नुपर्ने विषयहरूमा प्रश्न तयार पार्ने काम भइरहेको छ।

यसैबीच, प्रहरीले मंगलबार काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत पक्राउ गरेको थियो। तर उनलाई सोही दिन बेलुकी हाजिर जमानतमा रिहा गरिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।