साईग्लोबलका विद्यार्थीले ल्याए ४ जिपिए र उत्कृष्ट अंक

4.2K
shares

सिद्धार्थनगर — साईग्लोबल एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम अंक हासिल गर्ने तथा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। मंगलबार विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।कार्यक्रममा ४ जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरियो। ४ जीपीए प्राप्त गर्ने प्रशान्त पाण्डेले विद्यालय र परिवारको साथ तथा सहयोगका कारण यो उपलब्धि हासिल गर्न सकेको बताए। त्यस्तै अर्का ४ जीपीए प्राप्त विद्यार्थी शिवांश मिश्रले साईग्लोबलको उत्कृष्ट शैक्षिक वातावरणकै कारण यो सफलतामा पुग्न सकेको जानकारी दिए।साईग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान आमात्यले संस्था विद्यार्थीहरूको उच्चतम शिक्षामा पहुँच पुर्‍याउन निरन्तर प्रयासरत रहेको बताए।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य, च्याम्बर अफ कमर्सका अध्यक्ष सचिन रोक्का, साईग्लोबल एकेडेमीका सल्लाहकार हरी थापा, प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भूर्तेल, काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरे तथा साईग्लोबल पूर्व विद्यार्थी संघकी अध्यक्ष एलिना आचार्यलगायतले मन्तव्य राखे।वक्ताहरूले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले सिद्धार्थनगर शिक्षाको महत्त्वपूर्ण केन्द्र (हब) बन्दै गएको तथ्यलाई सार्वजनिक रूपमा पुष्टि गरेको विषयमा जोड दिए। साईग्लोबल एकेडेमी विद्यार्थीको शैक्षिक उन्नतिसँगै समग्र व्यक्तित्व विकासमा पनि निरन्तर जोड दिँदै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083