नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा बालकुमार विश्वकर्मा ‘सुमन’ निर्वाचित

2.61K
shares

काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको दशौँ अधिवेशन तथा २४औँ साधारण सभाबाट बालकुमार विश्वकर्मा ‘सुमन’ अध्यक्ष पदमा अत्यधिक बहुमतका साथ निर्वाचित भएका छन्।

संघको नेतृत्वका लागि भएको निर्वाचनमा व्यवसायीहरूको व्यापक समर्थन प्राप्त गर्दै विश्वकर्मा अध्यक्ष पदमा विजयी भएका हुन्। लामो समयदेखि सुनचाँदी कला व्यवसायको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा सक्रिय रहँदै आएका विश्वकर्माको विजयलाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले सम्पूर्ण मतदाता, व्यवसायी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संघको गरिमा बढाउने, व्यवसायीहरूको अधिकार सुनिश्चित गर्ने तथा व्यवसायलाई आधुनिक र व्यवस्थित बनाउन प्रतिबद्धताका साथ काम गर्ने बताएका छन्।

उनको नेतृत्वमा संघले सुनचाँदी कला व्यवसायीहरूको पेशागत सुरक्षा, सीप विकास, व्यवसाय प्रवर्द्धन तथा संस्थागत एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
व्यवसायीहरूले नवनिर्वाचित अध्यक्ष बालकुमार विश्वकर्मा ‘सुमन’लाई सफल कार्यकालको शुभकामना तथा बधाई व्यक्त गरेका छन्।


divya collage
unigloble collage