कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआईजी शेखर खनाललाई
वि.सं.२०८३ साउन ११ सोमवार १९:३८
1.82K
shares
shares

काठमाडौ । गृह मन्त्रालयको निर्णयअनुसार सुनसरीको देवानगञ्ज घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख (डिआईजी) को जिम्मेवारी शेखर खनाललाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत रहनुभएका डिआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरीको कमाण्ड सम्हाल्नका लागि सरुवा गरिएको हो।
उहाँको नेतृत्वमा प्रदेशभर शान्ति सुरक्षा सुदृढीकरण, कानुनको प्रभावकारी कार्यान्वयन तथा नागरिकको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।




















