भारतको विरोध गर्दा मसालका १३ नेता कार्यकर्ता समातिए

6.46K
shares

काठमाडौं । लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता/कार्यकर्ता मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मसालका प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढा, रामबहादुर बुढा, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु बिक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, मधु जीसी लगायत १३ जना छन् ।

उनीहरुलाई रत्नपार्कमा प्रदर्शन गर्न लाग्दा प्रहरीले गिरफ्तार गरेको विमल पोखरेलले अनलाइनखबरलाई बताए ।गिरफ्तारपछि उनीहरुलाई मानवअधिकारवादी नेता कृष्ण पहाडीलाई राखेकै ठाउँमा पुलिस क्लबमा राखिएको छ ।

विवेकशील दलकी नेतृ रञ्जु दर्शनालगायतको टोलीलाई पनि पुलिस क्लबमै पुर्‍याइएको छ ।दुई दिनयता काठमाडौंमा लकडाउनको पर्वाह नगरी भारत विरोधी प्रदर्शनहरु हुन थालेका छन् । प्रदर्शनकारीलाई प्रहरीले दिनभरि थुनेर बेलुका छाड्ने गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083