एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
वि.सं.२०७७ जेठ २६ सोमवार १५:०१
shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे हुने पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ । सत्तारुढ दल नेकपाभित्र एमसीसी पेचिलो यतिखेर मुद्दा बनेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अध्यक्ष केपी ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा हुनुहुन्छ । अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।
कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ । आजको बैठकमा एमसीसीबारे गहन छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।






























