प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३३ औं समूहको दिक्षान्त समारोह सम्पन्न
वि.सं.२०८१ माघ २ बुधवार १९:०३
shares

काठमाडौ । “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३३ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको छ।
प्रतिष्ठानमा संचालित “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३३ औं समूहको आज राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएकाे हाे।
प्रमुख अतिथिले विभिन्न विधाहरूमा उत्कृष्ट तालिम हाशिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको उक्त समापन कार्यक्रममा प्रतिष्ठानका निर्देशक डिआईजी डा. मनोज कुमार के.सी.ले धन्यावाद् ज्ञापन र प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो।
साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले तालिम सम्बन्धि संक्षप्त प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी बरीष्ठ उपरीक्षक, उपरीक्षक सिनियर/जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे।


































