सभापती देउवा मात्र हारको कारक नभएको कांग्रेस केन्द्रीय बैठकको निष्कर्ष

Nepal Life Insurance Long Ad

काठमाडौं । चुनावी हारको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापतीको शेर बहादुर देउवा मात्र हारको कारक नभएको निष्कर्ष निकालेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो भनिएको थियो । तर, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ ।

उनीहरुले सञ्चार माध्यममा पनि राम्रै स्थान पनि पाएका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवा पक्षले केही बोलेका छैनन् होइन, उनीहरु जमेर नेतृत्वको बचाउमा उत्रिएका छन् । बुधबारको बैठकमा बोलेका विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेत सबैले नेतृत्वको बचाउ गरेका छन् । निधिले त लिखित प्रस्ताव पेश गर्ने सुरुवात गरेर वरिष्ठ नेता पौडेलले पार्टीलाई ध्वस्त बनाएको आरोप लगाए ।

बुधबारको बैठकमा बोलेका देउवा पक्षीय नेता डा. महतलाई सोध्यौं, चुनावी हारको कारण के हो । उनले भने, ‘मत प्रतिशत घटेर हामी हारेका होइनौं । स्थानीय तहको चुनावमा पहिलो भएको एमाले र तेस्रो पार्टी माओवादी केन्द्र मिलेका कारण मात्र कांग्रेस हारेको हो ।’

उनका अनुसार हारको अर्को कारण अन्तरघात र व्यवस्थापनमा कमजोरी हो, जुन हिजो पनि थियो, आज पनि छ । ‘पहिला सबै राम्रो थियो । अहिले आएर सबै खराब भयो भन्नु गलत हो’ महत भन्छन्, ‘हाम्रो विचार ठीक छ । संगठन र प्रचार शैली कम्युनिष्टबाट सिक्नुपर्छ ।महतको तर्कमा सहमत देउवा पक्षीय अर्का केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘कांग्रेसले आफूले गरेको राम्रा कामको पनि प्रचार गर्न सकेन । अर्को समूहले देउवाको प्रचार हुन भनेर चाहेन । देउवा समूहले सकेन । देउवा आफैं पनि सकेनन् ।’

अघि भने, वाम एकताका साथै अन्तरकलह र सनातनी कांग्रेसको देउवामाथि अविश्वासका कारण हारेका हौं ।’ कांग्रेस बैठकमा बोल्ने नेताहरुले हारका कारण जे भएपनि नेतृत्वले जिम्मा लिनुपर्छ भन्ने तर्क पनि बलियो छ । यही प्रश्न गर्दा नेता मीन भन्छन्, ‘कांग्रेस सामुहिक नेतृत्वमा चल्ने पार्टी हो । हारको जिम्मा देउवाले मात्र होइन, केन्द्रीय कार्यसमितिले जिम्मेवारी लिनुपर्छ ।’ देउवा समूहले निर्वाचन परिचालन नेतृत्व वरिष्ठ नेता पौडेलको नेतृत्वमा भएको स्मरण गराएको हो ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...