गाउँपालका अध्यक्ष माथि अज्ञात समुहको आक्रमण, आक्रमणबाट पौडेल घाईते

२०७४ चैत २८ बुधवार
1.3K
shares
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालका अध्यक्ष गोविन्द पौडेलमाथि गएराती आक्रमण भएको छ । अज्ञात एक समुहले गएराती करिब १० बजेको समयमा अध्यक्ष पौडेलमाथि आक्रमण गरेको जिल्ला गाउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी गराएका छन् ।
आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौडेलको स्थानीय स्वास्थ्य संस्थामा भैरहेको उपाध्यक्ष ढुंगेलले जानकारी गराएका छन् । कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि आक्रामण गरेको अध्यक्ष पौडेलले बताए ।पौडेलले भने, ‘म निवासमै सुतिरहेको थिएँ, अंकल बाहिर निस्कनुस् न जरुरी काम छ भने, म नागरिकले दुःख पाएर आए होलान् भन्ने ठानेर बाहिर निस्किए त्यहीबेला आक्रमण भयो ।’
अहिले घाईते पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको प्राथमिक उपचारपछि बिहीबार थप उपचारका लागि काठमाडौं लगीने पारिवारीक स्रोतले बताएको छ । यता जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले घटनाको अनुसन्धान भैरहेकाले अपराधी चाँडै पत्ता लगाईने बताएका छन् ।

२०७४ चैत २८ बुधवार