वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन

Nepal Life Insurance Long Ad

चितवन । चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गएराति ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि सुगर, प्रेसर, प्रोष्टेट लगायतका समस्याबाट पीडित मास्केको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

१९९२ साल मंसिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । राजनीतिमा निकै साहासिक काम गर्ने भएकोले उनलाई महासचिव पुष्पलालले ‘सनव्रेभ’को उपाधि दिएका थिए ।

१६ वर्षमा नै फेडेरसनको केन्द्रीय सदस्य निर्वाचित मास्के निकै उत्तेजित र आक्रामक भाषणले चर्चित थिए । मास्केका राजनीतिक विद्यार्थी यमुनाप्रसाद न्यौपाने उनी राजनीतिक लडाकु भएको सम्झन्छन् । कम्युनिस्ट आन्दोलनसँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पुर्याएका थिए । चितवनमा अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान गरेका थिए ।

स्वर्गीय मास्केका श्रीमती इन्दिरा कायस्थ, दुई छोरा र एक छोरी छन् । छोराछोरी अमेरिकामा रहेकाले उनीहरु फर्किए पछि मास्केको अन्त्येष्टि गर्ने जानकारी पारिवारिक स्रोतले दिएको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...