स्ववियु चुनावसम्म नेविसंघको म्याद थप्ने प्रस्ताव

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसंख्यामा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको म्याद थप्न प्रस्ताव गरेका हुन् । एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ ।

यसबारे औपचारिक निर्णय गर्न भोलि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । नेविसंघको वर्तमान कार्यसमिति म्याद थपकै पक्षमा छ । अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट महामन्त्री कुन्दनराज काफ्ले समूहले यसकै लागि लबिङ गर्दै आएको छ ।

अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला पनि कमिटी भंगको विपक्षमा रहेका नेताहरु बताउँछन् । तर, देउवा समूहमा रहेका एनपी साउदलगायतका नेता तथा पौडेल समूहमा रहेका केही नेताहरु भने म्याद थपको विपक्षमा देखिएका छन् ।

नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो । तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थप्यो । यो बीचमा ३२ वर्ष उमेर हद लगाउनेबारे कांग्रेसको शीर्ष तहमै विवाद देखियो र थपिएको तीन महिने समय खेल गयो ।

अब फागुनमा हुने स्ववियु चुनावलाई देखाएर कार्यसमितिको म्याद थप्ने तयारी भइरहेको छ । एक नेताले भने, ‘केही निर्देशनहरु दिएर म्याद थपिन्छ होला ।’


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...