सयौं नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश

5.51K
shares

सिरहा । सिराहाको नरहा गाउँपालिकाका सयौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नरहा गाउँपालिकाका नेकपाका प्रमुख उम्मेदवार दुखमोचन यादबलगायत सयौं जना कांग्रेस पसेको सिरहा काँग्रेसले जनाएको छ ।

काँग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादबले उनीहरुलाई पार्टी प्रवेश गराएकी हुन् । पार्टी प्रवेश कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादब, महासमिति सदस्य कौशल मण्डल , शैलेन्द्र यादब, रामबाबु यादबलगायतका नेताहरु उपस्थित थिए । दुखमोचन यादबसहित टीम नै काँग्रेसमा आएपछि नरहामा नेकपा कमजोर बनेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083