सरकार निरंकुशतातर्फ उन्मुख भयो – प्रदीप पौडेल
वि.सं.२०७५ मंसिर २३ आइतवार १३:२५
shares

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारी काम कार्वाहीले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि गरेको बताएका छन् ।
कर्मचारी यूनीयन संघ तनहुँले दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले अन्य सरकारी संरचनालाई पंगु बनाई प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेको आरोप लगाए । ठूल–ठूला आयोजनाहरु आफ्नै मातहतमा ल्याई देशभक्त इमान्दार कर्मचारीको मनोबल गिराउँदै स्वयं सर्वशक्तिमान बन्ने दाउमा प्रधानमन्त्री हुनुहुन्छ” पौडेलले भने ।
आफ्नो विरोध सुन्नै नसक्ने असहिष्णु प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई नानाभाती गाली गलौज गरेर आफ्नो असली चरित्र देखाएको पौडेलको भनाइ थियो । २१ औं शताब्दीमा अलोकतान्त्रीक सोचको नेतृत्व नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पौडेलले आफ्ना विरोधीलाई अरिंगालले झै झम्टन निर्देशन दिने प्रधानमन्त्री अहिले अन्यत्र कहीँ नभेटिने दाबी गरे । निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण नभएकाले नेपाली कांग्रेसको नेतृत्वले धैर्यता नगुमाई कार्य सम्पादन गर्नुपर्ने पौडेलले बताए ।





























