सानेपामा कुरा नमिल्दा ‘चाक्सीबारी र बूढानीलकण्ठ’मा काँग्रेस बैठक

7.51K
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई विधान मस्यौदामा सहमति जुटाउन ‘सकस’ परेको छ । जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत मस्यौदामाथिको छलफल शनिबारै सकिए पनि संस्थापन पक्ष र इतरपक्षबीच कुरा नमिल्दा आइतबार बस्नुपर्ने केन्द्रीय समिति बैठक सोमबारलाई राखिएको छ ।

सोमबार बस्ने बैठकमा विधानमा सहमति जुटाउने प्रयाससँगै आर्थिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने काँग्रेसको तयारी छ । यसका लागि काँग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै स्थानमा बैठक बस्दैछ ।

संस्थापन पक्षले सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ आफ्नो समुहको बैठक बोलाएको छ । देउवा निवासमा अपरान्ह बस्ने बैठकमा आन्तरिक छलफल हुने देउवा निकट नेताहरुले बताएका छन् । यद्यपी यो समुहको बैठक नभएको देउवा निकट नेता तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले दावी गरे ।

उता,रइतर पक्षको नेता प्रकाशमानसिंहको चाक्सीबारीस्थित निवासमा सुरु भैसकेको छ । पौडेल समुहको बैठक भनिएपनि उक्त बैठकमा कृष्ण सिटौला समुहका सदस्यहरु पनि सहभागि भएका छन् । चाक्सिबारी बैठकमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला लगायत कृष्ण सिटौला र युवा नेताहरु सहभागि छन् ।

काँग्रेसमा खासगरी विधानमा सदस्य सङ्ख्या बढाउने तर पदाधिकारी नवढाउने व्यवस्थाबारे गम्भिर मतभेद छ । आइतबार दुवै पक्ष छुट्टाछुट्टै बैठक बसेर विधान, आर्थिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनबारे धारणा बनाउने र एक पक्षले अर्को पक्षलाई गलाउने रणनीति बनाउने बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083