सत्तारुढ विद्यार्थी संगठनद्धारा त्रिविको उपकूलपति कार्यालय घेराउ

4.06K
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन्।

स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा १ घण्टा घेराउ गरेका हुन्।

नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकूलपतिले गरेपछि त्यसको विरोधमा उपकूलपति कार्यालय घेराउ गर्नुपरेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिए।

यो पनि पढ्नुहोस् :

त्रिवि विरुद्ध आन्दोलन गर्ने सत्तारुढ विद्यार्थी संगठनको घोषणा

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ। सोही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति छ।

सचिव लामिछानेले चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनले दिए।

घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियू निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए। सचिव लामिछानेले काँग्रेस निकट नेपाल विद्यार्थी संघको मिलेमतोमा उपकूलपति खनियाँ आफै स्ववियू निर्वाचन टार्न लागि परेको आरोप लगाउँदै आक्रोश व्यक्त गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083